४५ जना परीक्षार्थी कारबाहीमा, ९ जनाले तीन वर्षसम्म परीक्षा दिन नपाउने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

४५ जना परीक्षार्थी कारबाहीमा, ९ जनाले तीन वर्षसम्म परीक्षा दिन नपाउने


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले ५४ जना परीक्षार्थी कारबाहीमा गरेको छ ।

लाइसेन्स परीक्षामा प्रश्नपत्र आउट गरेको घटनामा काउन्सिलले उनीहरुश्रलाई कारबाही गरेको हो ।

प्रहरी अनुसन्धानबाट कसुरदार ठहरिएका ती विद्यार्थीलाई काउन्सिलको भदौ १७ गतेको बैठकले कारबाहीको निर्णय गरेको हो ।

कारबाहीको दायरामा परेका ५७ जनामध्ये ९ जनालाई तीन वर्षसम्म लाइसेन्स परीक्षामा सामेल हुन नपाउने गरी कारबाही गरिएको हो । उनीहरूविरुद्ध तीन पुस्ते खुलाई थप अभियोगपत्र दायर गर्ने तयारी भएको काउन्सिलले जनाएको छ ।

तीन वर्षे कारबाहीमा पर्नेमा परीक्षार्थीहरू प्रियङ्का गुरुङ र सुस्मिता थापा थपिएका छन् । यसअघि काउन्सिलले सात जनालाई सोही प्रकृतिको कारबाही गरेको थियो ।

त्यस्तै, नतिजा स्थगित गरिएकामध्ये तीनजनाको कसुर प्रमाणित नभएपछि नतिजा प्रकाशित गरिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस