गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ। नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले विरोध प्रदर्शन गरेको छ ।

तरुण दलका पूर्व अध्यक्ष समेत रहेका यादवलाई रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार खुकुरी प्रहार भएको थियो ।

उक्त घटनाको विरोधमा काँग्रेस भ्रातृ संस्था तरुण दलले काठमाडौँको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको हो । तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेको छ ।

तरुण दलको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले देशभर विरोध गर्ने निर्णय गरेको थियो । आक्रमणबाट घाइते यादवको टाउको पछाडि भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस