व्यवसाय सञ्चालन अनुमति पाएको १० वर्ष नभई आइपिओ निष्कासन गर्न नपाइने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

व्यवसाय सञ्चालन अनुमति पाएको १० वर्ष नभई आइपिओ निष्कासन गर्न नपाइने


२२ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले व्यवसाय सञ्चालनको अनुमति अवधि १० वर्षभन्दा कम भएका कम्पनीहरूलाई आइपिओ निष्कासन गर्न नदिने भएको छ ।

बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८०’ जारी गर्दै त्यस्ता कम्पनीहरूले बोर्डमा धितोपत्र दर्ता तथा सार्वजनिक निष्कासनका लागि निवेदन दिने नसक्ने व्यवस्था गरेको हो ।

‘आवधिक रूपमा अनुमतिपत्र नवीकरण गर्नुपर्ने व्यवसाय बाहेक अन्य व्यवसायको हकमा व्यवसाय सञ्चालनको अनुमतिको अवधि १० वर्षभन्दा कम भएमा त्यस्तो सङ्गठित संस्थाले बोर्डमा धितोपत्र दर्ता तथा सार्वजनिक निष्कासनको लागि निवेदन दिन सक्ने छैन’, संशोधित नियमावलीमा भनिएको छ ।

यस्तै १ अर्ब चुक्तापुँजी भएको कम्पनीले पछिल्लो दुई आर्थिक वर्षमा खुद मुनाफा गरेको छ भने उसले भने प्रिमियम मूल्यमा सेयर जारी गर्न पाउँने व्यवस्था संशोधित नियमावलीले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस