निजामती सेवक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निजामती सेवक


२२ भाद्र २०८०, शुक्रबार


राष्ट्रसेवक

बोकेर रहर मनमा, उदाउँदा दिनहरू
सेवा भाव जनताका, अपेक्षाका खातहरू
चुम्न खोज्ने शिखरका, मार्गहरू कठिन बन्दा
विकल्प छैन सहनुको, कति कति घातहरू

ऊर्जाशील समय सबै, समर्पण गर्दा गर्दै
सकिएन बन्न असल, भन्ने गर्छन् अभिजातहरू
पद्धति र प्रक्रियाको, सांगो पाँगो मिलाउँदै
ढल्की जाने दिन सँगै, सुक्न थाल्छन् आँतहरू

मूल्याङ्कन र पुरस्कार,वस्तुनिष्ठ बनाउन
मापदण्ड विविध हुँदा, हुन सक्ने छलछामहरू
व्यावसायिकता भित्र रही, सृजनशीलता खोज्दै गर्दा
भन्न हुन्न सज्जनले,कहिले जाला घामहरू

जनता त भगवान्, जनसेवा मनमा राखी
अघि सरी काम गरे, जोगिएला साखहरू
समर्पण तिनका लागि, गर्न सके उत्तम कति
स्वास्थ्य सेवा सबल बन्दा, जोगिएला काखहरू

उत्कृष्ट नै सही तिमी, कर्म असल गरे वेश
रङ्ग विविध नफेरेरै, हुनु सबको साझा देश
मुलुकलाई बनाउन, अघि सर्ने तिमी एक
निजामती गर्व गर, भई सच्चा राष्ट्रसेवक

Tags :
प्रतिक्रिया दिनुहोस