बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा


२१ भाद्र २०८०, बिहिबार


काठमाडौँ । अहिले काठमाडौँ उपत्यकासहित बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहे पनि स्थानीय वायुको कारण देशभर आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मधेस प्रदेश र कोशी प्रदेशको तराई भूभागका केही ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ । भोलि शुक्रवार पनि देशभर आंशिकदेखि सामान्य बदली रहेर वर्षाको सम्भावना छ ।

वर्षा हुने क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै चट्याङ तथा हावाहुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस