चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध


२१ भाद्र २०८०, बिहिबार


काठमाडौँ । चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग नगर्न निर्देशन दिएको छ ।

चीनले विदेशी प्रविधिमा निर्भरता घटाउन र साइबर सुरक्षा बढाउनमा जोड दिँदै गर्दा यो कदम चालेको हो ।

चीनले कुनै पनि प्रकारको संवेदनशील जानकारी विदेशी ब्रान्डका उपकरणहरू मार्फत देशको सीमा बाहिर लैजान चाहँदैन । उसले सूचनालाई सीमित गर्न काम गरिरहेको छ। चीनले विदेशी ब्रान्डका फोनमार्फत जासुसी गर्न सकिने ठानेको छ ।

चिनियाँ सरकारले चालेको कदमका कारण चीनमा रहेका एप्पललगायत विदेशी ब्राण्डलाई ठूलो नोक्सान हुनसक्छ । एप्पल चीनमा सबैभन्दा लोकप्रिय मोबाइल फोन ब्रान्ड हो ।

Tags :
प्रतिक्रिया दिनुहोस