एसिया कप : आज पाकिस्तान र बंगलादेश खेल्दै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एसिया कप : आज पाकिस्तान र बंगलादेश खेल्दै


२० भाद्र २०८०, बुधबार


काठमाडौँ । एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो चरण (सुपर फोर)का खेलहरु आजबाट सुरु हुदैछ ।

आज हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश खेल्दैछन् ।

दुईबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे पाकिस्तानको लाहोरमा रहेको गद्दाफी स्टेडियममा हुनेछ ।

समूह ‘ए’ बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा तथा समूह ‘बी’ बाट श्रीलंका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेका हुन् ।

पाकिस्तानले पहिलो खेलमा नेपाललाई पराजित गरेको थियो । भारतसँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

एसिया कपमा सहभागी ६ टोलीमध्ये नेपाल र अफगानिस्तान समूह चरणबाट बाहिरिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस