कोशी सरकारविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

कोशी सरकारविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा


१९ भाद्र २०८०, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारविरुद्धको मुद्दा मङ्गलवार दिनभर सुनुवाई गरेपछि हेर्दा हेर्दैमा राख्न आदेश दिएको छ।

मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतमाथि उठेको विवादमाथिको सुनुवाइ आगामी बिहीबार गर्ने गरी मङ्गलवारको मुद्दा हेर्दा हर्दैमा राखिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ।

मङ्गलवार दिनभर सरकारी वकिल,कोशी प्रदेशको मुख्य न्यायाधीवक्ता कार्यालयका मुख्य न्यायाधीवक्ता लगायतले बहस गरे।
थापाको पक्षका कानून व्यवसायीहरुको बहस लम्बिएपछि निवेदकका कानून व्यवसायीले जवाफी बहस गर्ने समय पाएनन्।

आज निवेदकका कानुन व्यवसायीले जवाफी बहस गर्न नपाएपछि उक्त मुद्दामा बिहीबार सुनुवाइ हुने भनी सर्वोच्चले आदेश दिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस