कुन्दनराज काफ्लेले दिए बागमती प्रदेशको प्रमुख सचेतकबाट राजीनामा « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

कुन्दनराज काफ्लेले दिए बागमती प्रदेशको प्रमुख सचेतकबाट राजीनामा


१९ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् ।

काफ्लेले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले प्रमुख सचेतकबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

प्रदेश सभा सदस्य काफ्लेले प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी सङ्गठन र दोलखाली जनसेवामा समय अभाव भएकोले राजीनामा दिएको उल्लेख गरेका छन् ।

‘केन्द्रीय सदस्यको रूपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु,’ उनले फेसबुकमा लेखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस