एमालेको लुम्बिनी प्रदेश सचिवमा आचार्य निर्विरोध निर्वाचित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एमालेको लुम्बिनी प्रदेश सचिवमा आचार्य निर्विरोध निर्वाचित


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य यसअघि पनि प्रदेश कमिटी सचिव थिए ।

सचिवमा मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित भएका निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीले बताए ।

आर्चायले प्यानलगत नभई व्यक्तिगत हिसाबले उम्मेदवारी दिएको बताए । एमालेको लुम्बिनी प्रदेश कमिटीका लागि अरु पदमा भने चुनाव हुने भएको छ ।

५ पदाधिकारीमा १४ र २ सय सदस्यमा ३ सय ६४ जनाको उम्मेदवारी परेको थियो । अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल उम्मेदवार छन् ।

रिजालको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन समितिमा उजुरी परे पनि उनको उम्मेदवारी कायम हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस