भारतविरुद्ध नेपालका ६ ब्याट्सम्यान आउट, अब दीपेन्द्रको भर « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

भारतविरुद्ध नेपालका ६ ब्याट्सम्यान आउट, अब दीपेन्द्रको भर


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले छैटौँ विकेट गुमाएको छ । नेपालले ३२ औँ ओभरको पाँचौँ बलमा गुल्सन झालाई गुमाएको हो । २३ रनमा खेलिरहेका गुल्सनलाई मोहम्मद सिराजले आउट गरे ।

नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए । नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो ।

भारतका रवीन्द्र जडेजाले ३, सिराजले २ र शार्दूल ठाकुरले एक विकेट लिएका छन् । नेपालले ३२ ओभरमा ६ विकेट गुमाएर १४५ रन जोडेको छ ।

दीपेन्द्रसिंह ऐरी ६ रनमा खेल्दै छन् । नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे पनि त्यसपछि ठूलो साझेदारी गर्न सकेन ।

Tags :
प्रतिक्रिया दिनुहोस