इन्जिनियरिङ संस्थानको शुल्क वैज्ञानिक तवरले समायोजन गर्न माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इन्जिनियरिङ संस्थानको शुल्क वैज्ञानिक तवरले समायोजन गर्न माग


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)को आवश्यक व्यवस्थापनका लागि शुल्क वृद्धिको वैज्ञानिक समायोजन आवश्यक रहेको आईओईका प्राध्यापकहरूले जनाएका छन् ।

पुल्चोक क्याम्पसका प्राध्यापकदेखि विभिन्न विभागका उप एवम् सहप्राध्यापकहरूले विज्ञप्तिमा जारी गर्दै आइतबार भएको सहमतिमार्फत संस्थानमा भएका तालाबन्दी खुला भइ पठनपाठन हुने भएकोमा उनीहरूले धन्यवाद पनि दिएका छन् ।

तर उनीहरूले समायोजन भएको शुल्क फिर्ता लिनाले क्याम्पसको आन्तरिक स्रोतमा कमी भइ क्याम्पसको कक्षाकोठा व्यवस्थापन, सरकारीबाहेकका शिक्षकहरूलाई तलब, सम्भार, प्रयोगशाला व्यवस्थापन लगायतका विषयका लागि कठिन हुने उल्लेख गरेका छन् ।

आईओईका क्याम्पसहरूमा पर्याप्त आर्थिक स्रोत बनाउन आन्तरिक स्रोतको प्रमुख आधार शुल्क समायोजनलाई वैज्ञानिक बनाएर लागू गर्नुपर्ने उनीहरूको ठहर छ । त्यस्तै, आइतबार भएको सहमतिमा आईओईकै प्रतिनिधि नभएकोमा उनीहरूले गुनासो समेत गरेका छन् । त्रिविका पदाधिकारी र अनेरास्ववियुका नेताहरूबीच हिजो सहमति भएको थियो ।

त्रिवि प्राध्यापक सङ्घ, पुलचोकका सभापति एवम् एप्लाइड साइन्स तथा के.ई. क्याम्पस इकाई तथा विभागीय प्रमुख प्रा. डा. हेम राज पन्त, सङ्घका सचिव एवम् क्याम्पसका आर्किटेक्चर विभागका सह-प्रा. डा. सञ्जय उप्रेतीलगायतले विज्ञप्ति जारी गरी सबैमा ध्यानाकर्षण गराएका हुन्

Tags :
प्रतिक्रिया दिनुहोस