प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा अमेरिका र चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा अमेरिका र चीन भ्रमणबारे राष्ट्रपतिलाई जानकारी


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

सोमबार बिहान शीतल निवास पुगेर प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

साथै, भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस