दुई सचिवको सरुवा, वनमा खराल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

दुई सचिवको सरुवा, वनमा खराल


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । सरकारले दुई सचिवको सरुवा गरेको छ । अघिल्लो मन्त्रिपरिषद् बैठकले वन र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवको हेरफेर गरेको हो । 

प्रशासन विशेष ब्युरो प्राप्त जानकारी अनुसार वन सचिव डा. रेवती रमण पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय(पशुपन्छी तर्फ)मा सरुवा गर्दै त्यहाँ कार्यरत डा. दीपक कुमार खराललाई पौडेलको ठाउँमा लगिएको छ । 

पछिल्लो पशुपन्छी तथा वन दुवैतिरका सचिवले परफरमेन्स देखाउन नसकेको कुरा मन्त्रालयमा चलेको थियो । यता वनतिर व्यवस्थापनको पक्ष र उता पशुपन्छीतिर विशेष गरी लम्पी स्किनले बस्तुभाउ सोतर हुँदा सरकारको चर्को आलोचना भइरहेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस