कोशी सरकारविरुद्धको रिटको आज पूर्ण इजलासमा सुनुवाइ हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोशी सरकारविरुद्धको रिटको आज पूर्ण इजलासमा सुनुवाइ हुने


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । कोशी सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आजबाट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनवाइ हुन लागेको हो ।

हिजो न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेअनुसार सोमबारबाट पूर्ण इजलासमा सुनवाइ हुन लागेको हो । जस अनुसार अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ ।

मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस