शाइन रेसुङ्गा विकास बैंकको मोबाइल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

शाइन रेसुङ्गा विकास बैंकको मोबाइल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने


१७ भाद्र २०८०, आइतबार


काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरूले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् ।

विभिन्न वित्तीय संस्थासँग आबद्ध भइ सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यका साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ ।

सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरूले बैंकको मोबाइल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन्।

‘आइएमई पे’ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास-लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको छ

Tags :
प्रतिक्रिया दिनुहोस