सरकारले गर्‍यो संविधान दिवस तीन दिन मनाउने निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारले गर्‍यो संविधान दिवस तीन दिन मनाउने निर्णय


१७ भाद्र २०८०, आइतबार


काठमाडौँ । सरकारले संविधान दिवसलाई तीन दिन मनाउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले यस्तो निर्णय गरेको छ ।

बैठकले असोज २, ३ र ४ गते भव्यताका साथ विविध कार्यक्रम गरी विधान दिवस मनाउने निर्णय गरेको हो ।

कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक कार्यक्रम, संविधान दिवस विशेषाङ्क प्रकाशन, अन्तरक्रिया, दीपावली लगायतका कार्यक्रम हुनेछन् ।

असोज ३ गते सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक सङ्घसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस बनाउने र साँझ दीप प्रज्वलन गर्ने, असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीप प्रज्वलन गर्ने र नेपालस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासका साथै उपत्यका बाहिर पनि विविध कार्यक्रम हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस