Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

धुलियाविट-भेडाबारी खण्ड एक वर्षभित्र सम्पन्न हुने


१६ भाद्र २०८०, शनिबार


सुर्खेत । मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पूर्वीखण्ड धुलियाविट-भेडाबारी सडक एक वर्षमा कालोपत्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको छ । राजमार्गको ट्र्याक खुलेको ४८ वर्षपछि कालोपत्र हुन लागेको हो ।

विसं २०३२ मा राजा वीरेन्द्र सुर्खेतमा आउँदा राजालाई देखाउनका लागि धुलियाविट-भेडाबारी सडक निर्माण थालिएको थियो । निर्माण थालिएको लामो सयमसम्म पनि स्तरोन्नतिको काम हुन सकेको थिएन् ।

लामो समयदेखि रुख कटानको अनुमति नपाउँदा निर्माणको काममा अवरोध भएकामा अहिले रुख कटानको अनुमति पाएसँगै सडक स्तरोन्नतिको काम अगाडि बढेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले बताए । “सडक निर्माणले अहिले गति लिएको छ । सुर्खेतको पूर्वी खण्डको सडक एक वर्षमा निर्माण सकिन्छ”, शनिबार सडकको अनुगमन गर्दै उनले भने, “पश्चिम खण्डको राजमार्गले पनि चाँडै गति लिनेछ ।”

सडक स्तरोन्नतिका लागि रुख कटान गर्न वन मन्त्रालयले अनुमति दिइसकेकाले अहिले रुख कटानको कामसँगै सडक निर्माणले गति लिएको मन्त्री ज्वालाले बताए । “यो सडकखण्ड एक वर्षमा कालोपत्रको काम पूरा हुने लक्ष्य राखिएको छ”, उनले भने, “लक्ष्य अनुसार नै काम भइरहेकाले निर्माण तोकिएको समयमा नै सम्पन्न हुन्छ ।”

मदन भण्डारी राजमार्गको सुर्खेत पूर्वीभागमा ३५ किलोमिटर छ भने पश्चिममा भागमा ९४ किलोमिटर रहेको छ ।

अहिले पूर्वीभागको काम अगाडि बढाइएको मदन भण्डारी राजमार्गका आयोजना प्रमुख शम्भुप्रसाद आचार्यले बताए । “धुलियाविटदेखि बोटेचौरसम्म चार मिटर चौडाइ रहेको सडक सात मिटर बनाइने छ”, उनले भने । सडक तोकिएकै समयमा सम्पन्न गर्ने गरी काम भइरहेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस