सभापति देउवाद्वारा उपसभापति खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सभापति देउवाद्वारा उपसभापति खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी


१६ भाद्र २०८०, शनिबार


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।

सभापति देउवाले आज वीरेन्द्र सैनिक अस्पताल छाउनी पुगेर त्यहाँ उपचाररत उपप्रधानमन्त्री खड्कालाई भेटेर स्वास्थ्यलाभको कामना गरेका हुन् । अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राध्यापक डा.भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उपप्रधानमन्त्री खड्काको प्रोस्टेटको सफलतापूर्वक शल्यक्रिया गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस