नेपालको चुच्चे नक्सा समावेश नगरेमा चीनलाई कूटनीतिक नोट पठाउनुपर्छ : नैनसिंह महर « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नेपालको चुच्चे नक्सा समावेश नगरेमा चीनलाई कूटनीतिक नोट पठाउनुपर्छ : नैनसिंह महर


१५ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चीनले प्रकाशित गरेको नक्सामा नेपालको चुच्चे नक्सा समावेश नगरेप्रति कूटनीतिक नोट पठाउनुपर्ने बताएका छन् ।

चीनले त्रुटिपूर्ण व्यवहार गरेको भन्दै महरले कूटनीतिक नोट पठाएर नेपालको चासो राख्नुपर्ने बताए । चीनले अहिले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग नराख्नुले सीमा समस्या रहेको कुरा स्वयं चीनको व्यवहारबाट देखिएको बताए । भूगोल र जनसङ्ख्यामा मुलुक सानो र ठूलो भए पनि सार्वभौसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबैको समान हुने नेता महरले बताए ।

काँग्रेसका भातृ संस्था महिला सङ्घ, तरुण दल र नेविसंघका नेताहरू भएको छलफलमा उनले भने चीनको पछिल्लो कार्यले नेपालीको चित्त दुखेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस