भैरहवाबाट बैंगलोर पनि उडान गर्दै नेपाल एयरलाइन्स « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

भैरहवाबाट बैंगलोर पनि उडान गर्दै नेपाल एयरलाइन्स


१५ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाल एयरलाइन्सले अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँलाई ट्रान्जिट बनाएर भारतको बैंगलोरमा पनि उडान गर्ने भएको छ ।

एयरलाइन्सले २९ जेठदेखि हरेक मङ्गलवार काठमाडौँ क्वालालम्पुर, भैरहवा काठमाडौँ रुटमा उडान भरिरहेको छ ।

१२ भदौदेखि एयरलाइन्सले भैरहवाबाट हङकङ र दिल्लीका लागि पनि यात्रु लिएर आउने गरी टिकट बुकिङ खोलेको थियो । जसअनुसार हरेक मङ्गलवार हङकङ र दिल्लीका लागि पनि एयरलाइन्सले भैरहवाबाट टिकट बुकिङ खोलेको थियो । अब सोही रुटलाई विस्तार गर्दै भैरहवाबाट बैंगलौरका लागि पनि बुकिङ खुल्ला गरेको निगमले जनाएको छ ।

नयाँ उडान तालिकाअनुसार हरेक मङ्गलवार बिहान ८ः १५ बजे भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । सो जहाजमा आएका यात्रुहरू हङकङ जाने भए सोही दिनको ११ बजेको उडानमा हङकङ पठाइने छ भने दिल्ली जाने यात्रुलाई १ बजेर २५ मिनेटको उडानमा दिल्ली पठाइने एयरलाइन्सले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस