कोशी सरकारविरुद्धको रिट न्यायाधीशद्धय खतिवडा र माथेमाको इजलासमा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कोशी सरकारविरुद्धको रिट न्यायाधीशद्धय खतिवडा र माथेमाको इजलासमा


१५ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ हुँदैछ ।

त्यसका लागि सर्वोच्चका न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

प्रदेशसभा चलाइरहेका इस्राइल मन्सुरीको मत लिएर थापाले विश्वासको मत जुटाएको घोषणा गरेपछि एमाले सर्वोच्च गएको थियो । उक्त मुद्दाउपर आज पूर्ण सुनुवाइ हुन लागेको हो ।

हाल विचाराधीन रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले थापाले विश्वासको मत प्राप्त गरेको भनी घोषणा गरिएको कार्य नेपालको संविधानको धारा १६८(२) र (४) तथा धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको देखिएको ठहर गरेको थियो। अब सर्वोच्चले त्यसको विस्तृत व्याख्या गर्दै फैसला सुनाउनेछ ।

सर्वोच्चले विश्वासको मत लिने प्रक्रिया मात्र बदर गर्छ कि संविधानको धारा १६८ को उपधारा (३) अनुसार सरकार गठनको आदेश दिन्छ भन्नेमा मुख्यमन्त्री थापाको भविष्य निर्धारण हुनेछ । विश्वासको मत पुनः लिनु भनेमा थापाले बहुमत पुर्‍याउनका लागि अभ्यास गर्न पाउनेछन् ।

यदि उपधारा २ मा सरकार बन्ने नदेखिएकाले अरु धारामा जानू भनेमा प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेले सरकार बनाउन पाउने छ । एमालेसँग पनि राप्रपा मिलेर ४६ सांसद छन्। एमालेले पनि ३५ दिनभित्र विश्वासको मत लिनु पर्ने छ ।

मुख्यमन्त्री थापासहित प्रतिवादीहरू सबैले सर्वोच्चले दिएको म्याद भदौ १३ गते भित्रै सर्वोच्चमा लिखित जवाफ बुझाइसकेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस