एसिया कप क्रिकेट : श्रीलङ्कासँग बङ्गलादेश ५ विकेटले पराजित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एसिया कप क्रिकेट : श्रीलङ्कासँग बङ्गलादेश ५ विकेटले पराजित


१५ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । एसिया कप क्रिकेटमा घरेलु टोली श्रीलङ्काले बङ्गलादेशलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ३९ ओभरमा ५ विकेट गुमाएको थियो ।

श्रीलङ्काका चरिथ असलङ्का ६२ रनमा अविजित रहे । बङ्गलादेशका कप्तान सकिब अल हसनले २ विकेट लिए । त्यस्तै, तस्किन अहमद, मेहदी हसन र शोरिफुल इस्लामले एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बङ्गलादेश ४२ ओभर ४ बलमा एक सय ६४ रनमा अलआउट भएको थियो ।

यस्तैगरी, बङ्गलादेशका नाज्मुल हसन शान्टोले सर्वाधिक ८९ रन बनाए पनि जितका लागि पर्याप्त भएन । श्रीलङ्काका तीव्र गतिका बलर मथिसा पाथिरानाले ४ विकेट लिए । महेश थिक्सेनाले २ विकेट लिए । धनञ्जय डी सिल्भा, दुनिथ वेलाजिगे र दासुन शानकाले १/१ विकेट लिए ।

समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस