इजरायल जानेलाई तालिम दिन चाहने संस्थाले अनुमति लिनुपर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इजरायल जानेलाई तालिम दिन चाहने संस्थाले अनुमति लिनुपर्ने


१४ भाद्र २०८०, बिहिबार


काठमाडौँ । इजरायलमा केयर गिभरमा काम गर्न जाने कामदारका लागि तालिम दिन चाहने संस्थाले वैदेशिक रोजगार विभागबाट अनुमति लिनुपर्ने भएको छ ।

केयर गिभर तालिम सम्बन्धी कार्यविधि २०७२ अनुसार यस्तो तालिम सञ्चालन गर्न इच्छुक कामदारका लागि विभागले अनुमतिका लागि १५ दिनको समय दिएर निवेदन माग गरेको छ ।

जसमा केयर गिभरको तालिमका लागि आवेदन दिने संस्थाले अन्य तालिम प्रदान गरिरहेको भए नयाँ प्रयोजनका लागि भौतिक सामग्री र अन्य मापदण्डको अलग्गै व्यवस्था गरी विवरण खुलाउनु पर्ने सर्त राखिएको छ ।

निवेदनमा संस्थाको न्यूनतम पूर्वाधारको विवरण, संस्थापक र सञ्चालकको अनुभव र योग्यताको प्रमाणपत्र समेत पेश गर्नुपर्ने विभागले जनाएको छ । विगतमा इजरायललका लागि केयर गिभरको तालिम प्रदान गरिसकेको भए त्यसको प्रमाण समेत पेश गर्न भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस