राजनीति भनेको फुलको ओछ्यानमा सुतेको जस्तो हुँदैन : मन्त्री किराती  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राजनीति भनेको फुलको ओछ्यानमा सुतेको जस्तो हुँदैन : मन्त्री किराती 


१४ भाद्र २०८०, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राजनीति भनेको फुलको ओछ्यानमा सुतेको र फुलको बाटोमा हिँडेको जस्तो सजिलो नभएको तर्क गरेका छन् । 

नेपाल पर्वतारोहण सङ्घको ३३औँ वार्षिक साधारण सभा कार्यक्रममा उनले सरकारले गरेको राम्रो कामको उदाहरण दिँदै उनले आफुहरु काडाँको बाटोमा हिडिरेको तर्क गरे । 

‘राजनीति भनेको फुलको ओछ्यानमा सुत्नु हैन तरवारको धारमा आगो ज्वालामा पस्ने शाहस गर्ने मान्छेले मात्र राजनीतिमा लाग्छ । फुलको बाटो हामी हिडिरहेका छैनौँ । काँडाको बाटो हिडिरहेका छौँ । ’

उनले पर्यटनको क्षेत्र सबैको लागि प्राथमीकताको विषय भएको बताएका छन् । पर्यटन ऐनहरु सुधार्न आवश्यक भएको र त्यो बाटोमा आफुहर लागेको उनको भनाई छ । 

‘हामीले व्यवस्था बदल्यौँ । व्यवस्था बदल्न जस्तै कठिन रहेछ अवस्था बदल्नु । अहिले हामी कम्मर कसेर लागेका छौँ ।’

उनले देश र जनताको सेवा गर्न र समृद्ध नेपाल निमार्णको लागि भ्रष्टचारको जरालाई फाल्न आवश्यक भएको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस