प्रिय खेलाडी, व्यवस्थापक र समर्थकहरू ! हामी हिँडेको बाटो गलत छैन : मेयर साह « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रिय खेलाडी, व्यवस्थापक र समर्थकहरू ! हामी हिँडेको बाटो गलत छैन : मेयर साह


१४ भाद्र २०८०, बिहिबार


काठमाडौँ । पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको नेपाली टोलीलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले हौसला प्रदान गरेका छन् ।

उनले समाजिक संञ्जालमार्फत उनले बाटो लामो छ तर सफलताका लागि हिँड्नु पर्ने बाटो यही हो । लगाउनु पर्ने हारहरूका मालाहरू पनि यी नै हुन् । प्रिय खेलाडी, व्यवस्थापक र समर्थकहरू ! हामी हिँडेको बाटो गलत छैन,भन्दै एसिया कप क्रिकेटमा नेपाली टोलीलाई हौसला प्रदान गरेका हुन् ।

उनले लेखेका छन्,एकपल्ट नेपालका सर्वकालिक खेलाडी पारस खडकाज्युसँग कुरा भएको थियो मेरो । उहाँ भन्नु हुन्थ्यो, ’२००८ ताका हामीलाई युएईको बलरसँग खेल्न एकदम गाह्रो हुन्थ्यो । बलको पेस र स्विङले गर्दा बल कहाँदेखि आउँथ्यो हामीलाई थाहा नै हुन्न थियो । हामी उनीहरूसँग खेल्दै गयौँ । सिक्दै गयौँ । अहिले एसोसिएट देशहरूमा हाम्रो अवस्था फरक छ ।

हिजो पाकिस्तानसँगको खेल पनि हामीले देख्दा पारसजीले भने जस्तै रहेको देखियो । हामीलाई पाकिस्तानी खेलाडीका तिव्र बलको सामना गर्न अलिक मुस्किल नै पर्‍यो । बाबर आजम जस्ता खेलाडीलाई बलिङ गर्नु पर्दा हाम्रा खेलाडीहरूलाई सुरुवातमा केही धक रहे जस्तो देखियो । तर हामीले हिजोबाट सिकाइको नयाँ चरण भोग्यौँ । त्यो सिकाइले हामी भारतसँग खेल्न केही सहज बनाउनेछ । अझै यस्तै विश्वस्त टिम र खेलाडीहरूसँगको सिकाइले केही वर्षमा नै युएईहरूसँग सिकेर हामीले एसोसिएट मुलुकसँग राम्रो खेल्न सके जस्तै भारत,पाकिस्तान जस्ता देशहरूसँग पनि अवश्य राम्रो गर्ने छौँ ।

बाटो लामो छ तर सफलताका लागि हिँड्नु पर्ने बाटो यही हो । लगाउनु पर्ने हारहरूका मालाहरू पनि यी नै हुन् । प्रिय खेलाडी, व्यवस्थापक र समर्थकहरू ! हामी हिँडेको बाटो गलत छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस