‘सबै जातजातिको संस्कृतिको सम्मान गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो पुस्ताको दायित्व हो’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘सबै जातजातिको संस्कृतिको सम्मान गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो पुस्ताको दायित्व हो’


१४ भाद्र २०८०, बिहिबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले हिन्दू धर्मावलम्बीहरूको महान् पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) एवं परम्परागत सांस्कृतिक पर्व गाईजात्राका अवसरमा शुभकामना दिएका छन् ।

बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।

‘स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धनले नेपालीहरूबिच राष्ट्रिय एकता, सद्भाव र भाइचारा सम्बन्धमा अभिवृद्धि गर्न मद्दत पुर्‍राउने विश्वास लिएको छु ।’

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरी (रक्षासूत्र) धारण गरेमानकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको छ । नेपालको तराई क्षेत्रमा आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन मनाउने प्रचलन छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

नेवार समुदायले परम्परागत रूपमा गाईजात्रालाई सांस्कृतिक पर्वको रूपमा आज नै मनाउने गरेका छन् । राजनीतिक, सामाजिक आर्थिक तथा सांस्कृतिक क्षेत्रको विकृति एवं विसंगतिको विरुद्धमा वर्षको एक पटक गाईजात्राको माध्यमबाटहास्यव्यङ्ग्ग्य, कार्टुन, झाँकी, नृत्य प्रदर्शन गरिन्छ । नेपालीहरूले सदियौँदेखि एक अर्काका आस्था र विश्वासको सम्मान गर्दै भाइचारा सम्बन्ध राख्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस