महेन्द्र राजमार्ग किन बनेन भनेर प्रधानमन्त्रीलाई सोध्छु : विश्वप्रकाश शर्मा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

महेन्द्र राजमार्ग किन बनेन भनेर प्रधानमन्त्रीलाई सोध्छु : विश्वप्रकाश शर्मा


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ठेक्का दिएको ६ वर्ष बितिसक्दा पनि महेन्द्र राजमार्गको काम सम्पन्न हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै यसबारे संसद्‌मा प्रधानमन्त्रीसँग चाँडै जवाफ माग्ने आश्वासन दिएका छन् । 

पूर्वी नवलपरासीको सिमाना गैंडाकोटबाट बुटवलसम्मको १ सय १४ किलोमिटर यात्रा गर्न बुधबार आफूलाई ६ घण्टा लागेको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य शर्माले आउँदो संसद् बैठकमा राजमार्गका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग जवाफ माग्ने बताएका हुन् । 

उनले भने, ‘अब म संसद्मा बोल्ने पालो आउँदा यो राजमार्गका बारेमा प्रधानमन्त्रीसँग जवाफ माग्छु, हामी कुन मोडलको विकास गर्दैछौं रु यस्तो विकास मोडलले देश कहाँ पुग्छ ?’

नेपाली काँग्रेस गैँडाकोट नगर समितिले बुधबार आयोजना गरेको नगर सम्मेलनमा बोल्दै सांसद शर्माले ठेक्का दिएको ६ वर्षसम्म राजमार्गको काम आधा पनि हुन नसक्नुमा ठेकेदारभन्दा सरकारको कमजोरी भएको बताए । ‘हाम्रो देशमा विकासमा काम गर्ने तौरतरिका मिलेन भन्ने यो बाटो देखेर बुझेँ, उनले भने, काम ढिला हुनुमा सरकार नै दोषी हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस