त्रिवि र विद्यार्थी संगठनहरुबीच वृद्धि गरेको शुल्क फिर्ताबारे ५ बुँदे सहमति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

त्रिवि र विद्यार्थी संगठनहरुबीच वृद्धि गरेको शुल्क फिर्ताबारे ५ बुँदे सहमति


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्क फिर्ता लिने सहमति भएको छ । आन्दोलनरत विद्यार्थी सङ्गठनहरू र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरबीच पाँचबुँदे सहमति भएको हो ।

इन्जिनियरिङ अध्ययन संस्थानलाई वृद्धि गरिएको शुल्क फिर्ता लिन निर्देशन दिने सहमतिमा उल्लेख छ । सात दिनभित्र प्रतिवेदन दिने गरी विद्यार्थी प्रतिनिधिसहित समिति गठन बनाउने र त्यसका आधारमा शुल्क लागू गर्ने पनि सहमति भएको छ ।

हाल स्थगित भएको प्रवेश परीक्षा लगायतका कार्यक्रम सुचारु गर्ने र आमरण अनसन लगायतका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने पनि सहमति पत्रमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस