नेपालको खराब सुरुवात, गुमायो तेस्रो विकेट « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

नेपालको खराब सुरुवात, गुमायो तेस्रो विकेट


१३ भाद्र २०८०, बुधबार


काठमाडौँ । एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ ।

२४३ रनको लक्ष्य पछ्याएको नेपालले सुरुको दुई ओभरमा ३ विकेट गुमाएको छ । नेपालले पहिलो ओभरमै लगातार दुई विकेट गुमायो । शाहिन अफ्रिदीको पाँचौँ बलमा कुशल भुर्तेल आउट भए । अर्को बलमा कप्तान रोहितकुमार पौडेल पनि आउट भए ।

दोस्रो ओभरको चौथो बलमा आरिफ शेख पनि आउट भए । नसिम शाहको बलमा उनलाई इफ्तिखार अहमेदले क्याच गरे ।

यसअघि मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस