डोटीमा डिउटीमा रहेका प्रहरी हवल्दारको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डोटीमा डिउटीमा रहेका प्रहरी हवल्दारको मृत्यु


१२ भाद्र २०८०, मंगलबार


डोटी । डोटीमा डिउटीमा रहेको अवस्थामा एक जना प्रहरी हवल्दारको मृत्यु भएको  छ । इलाका प्रहरी कार्यालय दिपायलमा कार्यरत दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखाका प्रहरी हवलदार नवराज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताए । 

डोटी दिपायल विमानस्थलमा डिउटीमा रहेका हवल्दार खड्का बेहोस अवस्थामा भेटिए पछि उपचारका लागी शैलेश्वरी अस्पताल दिपायलमा लगिएको थियो । अस्पताल पुगे लगत्तै मृत घोषणा गरिएको थियो । विगत लामो समय देखी डिप्रेसनको औषधी सेवन गर्दै आएका खड्काको मृत्युको कारण भने खुल्न नसकेको प्रहरी उपरीक्षक धमलाले बताए ।  

मृतक खड्का दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्काका सहोदर भाइ हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस