वैदेशिक रोजगार विभागद्वारा दुई म्यानपावर कम्पनीलाई निलम्बन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

वैदेशिक रोजगार विभागद्वारा दुई म्यानपावर कम्पनीलाई निलम्बन


१२ भाद्र २०८०, मंगलबार


काठमाडौँ । वैदेशिक रोजगार विभागले दुई म्यानपावर कम्पनी ओमेगा इन्टरनेसन र अक्सन इन्टरनेसनललाई निलम्बन गरेको छ । विभागले  मङ्गलवार सूचना जारी गर्दै दुवै कम्पनीलाई कारबाहीस्वरुप निलम्बन गरेको जनाएको हो ।

विभागबाट अनुमति नलिई दक्ष जनशक्तिलाई व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा पठाउने कार्यमा संलग्न रहेको भन्दै विभागले ओमेगालाई निलम्बन गरेको हो । त्यस्तै आफ्नो भवनमा अन्य दुई स‌ंस्था कार्यालय राखेर दक्ष जनशक्तिलाई वर्किङ भिसाको भ्रमपूर्ण सन्देश प्रवाह गरेकोमा अक्सनलाई कारबाही गरिएको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस