नेपालसँग खेल्नका लागि आतुर छौँ, हामी उत्कृष्ट क्रिकेट खेल्ने प्रयास गर्नेछौँ : बाबर आजम « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेपालसँग खेल्नका लागि आतुर छौँ, हामी उत्कृष्ट क्रिकेट खेल्ने प्रयास गर्नेछौँ : बाबर आजम


१२ भाद्र २०८०, मंगलबार


काठमाडौँ । पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले एसिया कपमा नेपालसँग खेल्नका लागि आतुर रहेको बताएका छन् । खेलअघिको प्रिम्याच कन्फ्रेसमा पाकिस्तानी कप्तान आजमले नेपालसँग खेल्न आतुर रहेको बताउँदै त्यो राम्रो प्रतियोगिता हुने बताएका हुन् । 

एसिया कपमा छनोट भएकोमा नेपाललाई बधाई पनि दिँदै उनले भने, ‘एसिया कपमा छनोट भएकोमा नेपाललाई बधाई दिन चाहन्छु र उनीहरूको सहभागिताले देशमा खेलकुदको विकासमा टेवा पुग्ने विश्वास लिएको छु । हामी नेपालसँग खेल्न आतुर छौँ र यो राम्रो प्रतियोगिता हुनेमा म विश्वस्त छु ।’

एक दिवसीय वरीयतामा शीर्ष स्थानमा रहेको टोलीका लागि थप दबाब छ कि छैन भन्नेबारे कप्तान बाबरले भने, ‘म दबाब छ भन्न चाहन्न । हामी थप आत्मविश्वासका साथ यो प्रतियोगिता खेल्छौँ । यस टोलीले पछिल्ला केही वर्षहरूमा धेरै मेहनत र प्रयास गरेको छ र हामीले शीर्ष स्थान हासिल गर्नु यसको प्रमाण हो ।’

‘हामी नेपालसँगको भोलिको खेलमा केन्द्रित छौँ । नेपालसँग राम्रा खेलाडीहरू छन्, त्यसैले हामी उनीहरूलाई हल्का रूपमा लिइरहेका छैनौँ र हामी उत्कृष्ट क्रिकेट खेल्ने प्रयास गर्नेछौँ’, बाबरले भने ।

१६ औँ संस्करणको एसिया कप भोलि बुधवारदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले मुल्तान मैदानमा पाकिस्तानसँग खेल्दैछ । दोस्रो खेलमा नेपालले १८ गते सोमवार भारतसँग खेल्नेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस