उप-प्राध्यापक बरालविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उप-प्राध्यापक बरालविरुद्ध भ्रष्टाचार मुद्दा


१२ भाद्र २०८०, मंगलबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उप-प्राध्यापक रवीन्द्र प्रसाद बरालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

प्रतिबद्धता विपरीत अध्यापन गरी दोहोरो सुविधा लिई भ्रष्टाचार गरेको आरोपमा पोखरा विश्वविद्यालयका उप-प्राध्यापक बरालविरुद्ध मङ्गलवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

बरालले बिना स्वीकृति अन्य स्थानमा अध्यापन गरी दोहोरो सुविधा लिएको र अन्य स्थानमा काम नगर्ने प्रतिबद्धता पेश गरी नन्‍टिचिङ्ग एलाउन्ससमेत लिएको अख्तियारको दाबी छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा बरालविरुद्ध सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस