कुलमान घिसिङलाई तत्काल निलम्बन गर्न माग « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कुलमान घिसिङलाई तत्काल निलम्बन गर्न माग


१२ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग गरेका छन्।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सुवालले बिजुली महसुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई तत्काल पदबाट निलम्बन गरी कारबाही गर्नुपर्ने माग गरेका हुन्।

त्यसैगरी उनले डेडिकेटेड ट्रङ्क लाइनबाट बिजुली लिने तर अर्बौँ महसुल नतिर्नेहरूसँग मन्त्रीहरूले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउने गरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

सांसद सुवालले भने, ‘डेडिकेटेड ट्रङ्क लाइनबाट बिजुली लिएर अर्बौँ रुपैयाँ महसुल नबुझाउनेहरूसँग कुन–कुन मन्त्रीको साँठगाँठ छ ? छानबिन गरी कारबाही हुन जरुरी छ । बिजुली महसुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कुलमान घिसिङलाई तत्काल निलम्बन गरी कारबाही गर्न जरुरी छ।’

Tags :
प्रतिक्रिया दिनुहोस