आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


१२ भाद्र २०८०, मंगलबार


काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। जसको प्रभावले हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

यस्तै, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तैगरी, आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस