रामहरि खतिवडाले भने-सुन काण्डको विषयमा संसदीय समितिमा छलफल गर्छु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रामहरि खतिवडाले भने-सुन काण्डको विषयमा संसदीय समितिमा छलफल गर्छु


११ भाद्र २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुन तस्करी प्रकरणलगायतका सबै विषयमा समितिमा छलफल गर्ने बताएका छन् । उनले समितिमा पक्ष विपक्ष र बहुमत-अल्पमत नहेरी सबैको सल्लाहबाट निर्णय गर्ने पनि बताए ।

‘यो समिति सरकारविरोधी पनि हुँदैन र सरकार पक्षको पनि हुँदैन । समिति समितिका रुपमा अगाडि बढ्छ । सुन काण्ड लगायतका सबै विषयमा छलफल हुन्छ । आजै प्रधानमन्त्री, गृहमन्त्रीलाई बोलाउने कुरा त कहाँ हुन्छ ? यस विषयमा मेरो भूमिका सकारात्मक हुन्छ’ उनले भने ।

समितिको कार्यक्षेत्रमा सुरक्षा निकायहरू रहेकाले संवेदनशील भएर काम गर्नुपर्ने खतिवडाले बताए । ‘वास्तवमा यो समिति देशका लागि आवश्यक र महत्त्वपूर्ण समिति रहेछ भनेर काम गर्न सक्यौ भने हाम्रो सार्थकता त्यहाँ पूरा हुनेछ’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस