रास्वपाले उम्मेदवारी फिर्ता लिएपछि जनमतका खान निर्विरोध निर्वाचित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

रास्वपाले उम्मेदवारी फिर्ता लिएपछि जनमतका खान निर्विरोध निर्वाचित


११ भाद्र २०८०, सोमबार


काठमाडौँ ।  प्रतिनिधि सभा अन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा जनमत पार्टीका सांसद अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले खानलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए। त्यसपछि अध्यक्षता गरेका रणेन्द्र बरालीले खान समितिको सभापति पदमा सर्वसम्मत निर्वाचित भएको घोषणा गरे।

प्रमुख दलहरूसँग कुरा नमिलेपछि रास्वपाले १० वटामध्ये यो समितिमा मात्रै उम्मेदवारी दिएको थियो। रास्वपा बाहेक सत्ता र प्रतिपक्ष दलबीच उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति जनमत पार्टीलाई दिने समझदारी भएको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस