सर्वोच्च अदालतमा सुशासन कायम गर्छौँ : प्रधान न्यायाधीश श्रेष्ठ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सर्वोच्च अदालतमा सुशासन कायम गर्छौँ : प्रधान न्यायाधीश श्रेष्ठ


११ भाद्र २०८०, सोमबार


काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन्।

सोमबार सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधान न्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका हुन्।

उनले अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताए।

अदालतमा स्वचालित पेशी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरुले उच्च मनोबलका साथ काम गर्नसक्ने उनको भनाइ छ।

स्वचालित प्रणालीले कर्मचारी र सेवाग्राहीहरूलाई निश्चिन्तता हुने पनि उनले बताए।

प्रधान न्यायाधीश श्रेष्ठले भने, ‘यसले कर्मचारी र सेवाग्राहीलाई निश्चिन्त हुने बनाउँछ। सुधारको प्रक्रियामा अगाडि बढेको जस्तो लाग्दछ। पेशी व्यवस्थापनको कडी हो यो। अब सायद हाम्रो कर्मचारी साथीहरूले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई यसले मद्दत गर्छ होलाजस्तो अनुभूति मलाई भएको छ। अदालतका हरेक काम, कारबाहीहरू विशेष गरेर मुद्दाका पेशी व्यवस्थापनदेखि लिएर मुद्दाका तारिखदेखि लिएर हरेक कुराहरू फरक मुद्दा व्यवस्थापन पद्धति भनेर लागू गरेका छौँ। त्यो सबै कुराहरू प्रविधिमा आबद्ध छन्। प्रविधिमा आबद्ध भएको हुनाले त्यसले धेरै सुशासनको व्यवस्था गर्छ। त्यसलाई पूर्ण रूपमा पालना गर्नेतर्फ हामी लागि रहेका छौँ।’

Tags :
प्रतिक्रिया दिनुहोस