राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी


११ भाद्र २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय विकास समस्या समाधान समितिकाे बैठक जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा बैठक बसिरहेको हो ।

बैठकमा उपप्रधानमन्त्री तथा मन्त्रीहरु, मूख्यमन्त्रीहरु, मुख्य सचिव तथा सचिवहरुसहित राष्ट्रिय याेजना आयाेगका पदाधिकारी उपस्थित छन् ।  यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतकाे उपस्थिति छ ।

बैठककाे सुरुवातमा  याेजना आयाेगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रस्तुति राखेका छन् । बैठकले विकास निर्माण र मन्त्रालयगत समस्याहरू समाधानमा महत्वपूर्ण निर्णयहरू लिनेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस