सर्वोच्चमा आजदेखि मुद्दाको पेसी तारिख ‘अटोमेसन’ प्रणालीबाट « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सर्वोच्चमा आजदेखि मुद्दाको पेसी तारिख ‘अटोमेसन’ प्रणालीबाट


११ भाद्र २०८०, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतमा आजदेखि पेसी तारिखका लागि स्वचालित (अटोमेसन) लागू हुने भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज अटोमेसन प्रणालीमा पेशी तोक्ने व्यवस्थाको उद्घाटन गर्ने भएका छन् । 

आजसम्म गोला प्रणालीबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेशी तोक्ने गरिन्थ्यो । अब भने ‘डिजिटल सिस्टम’ले नै मुद्दाको पेशी तोकिने छ । 

अदालतको पेशी व्यवस्थापनलाई पारदर्शी बनाउन अटोमेसनबाट पेशी तोक्न लागिएको सर्वोच्च अदालतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस