उद्योग वाणिज्य महासङ्घमा पर्यटन समिति विस्तार « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

उद्योग वाणिज्य महासङ्घमा पर्यटन समिति विस्तार


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले देशबन्धु बस्नेत (अजित) नेतृत्वको पर्यटन तथा हवाई यातायात समिति विस्तार गरेको छ ।

भूकम्प र कोरोना महामारीपछि थिलथिलो भएको नेपालको पर्यटन क्षेत्रलाई उजागर गरी देशको ठूलो संख्यामा विदेशी पर्यटक भित्र्याउने कार्यभार समितिले पाएको छ ।

सो समितिको उपसभापतिमा टानका अध्यक्ष निलहरी बास्तोला र नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईँ रहेका छन् ।

सदस्यहरूमा हानका अध्यक्ष विनायक शाह, नाराका अध्यक्ष शिव अधिकारी, एनटीभएका अध्यक्ष कुलप्रसाद न्यौपाने, वेष्ट रिसोर्टका प्रबन्ध निर्देशक सचिन ढकाल र पर्यटन बोर्डका तर्फबाट सिर्जना नेपाली रहेका छन् ।

आमन्त्रित सदस्यहरूमा रेवानका उपाध्यक्ष सङ्घर्ष विष्ट, पाटा नेपाल च्याप्टर अध्यक्ष विभूति चन्द ठकुरी, होटेल स्टर्न स्टारका अध्यक्ष भावेशकुमार श्रेष्ठ, एचपीएफएनका निवर्तमान अध्यक्ष अमृत भुजेल र एभरेष्ट ग्रुपका निर्देशक प्रनिल प्रधान रहेका छन् ।

उक्त समितिको सल्लाहकारहरूमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, मेरिएट काठमाडौँका अध्यक्ष शशिकान्त अग्रवाल, लुम्बिनीका सद्धभावना दूत विक्रम पाण्डे, डोल्मा फण्ड अन्तरगत प्राक्टिस टुरिजमका प्रमुख उप्पल मजुम्दर रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस