जलवायु परिवर्तन र सहकारीका क्षेत्रको सुधारका लागि आफू योग्य उम्मेदवार : आरजु राणा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जलवायु परिवर्तन र सहकारीका क्षेत्रको सुधारका लागि आफू योग्य उम्मेदवार : आरजु राणा


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसकी सांसद आरजु राणाले नेपालको जलवायु परिवर्तन र सहकारीका क्षेत्रमा काम गर्नुपर्ने धेरै विषय रहेको भन्दै यसका लागि आफू योग्य उम्मेदवार रहेको बताएकी छन् ।

संसदीय समितिको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेपछि सांसद राणाले यस्तो प्रतिक्रिया दिएकी हुन् । यस क्षेत्रमा आफ्नो अनुभव र विज्ञता भएको भन्दै उनले केही चुनौती पनि देखिएको औँल्याएकी छन् ।

सहकारीको क्षेत्रमा धेरै अनियमितता देखिएको भन्दै त्यसको समाधान गर्नुपर्ने चुनौती देखिएको उनले बताएकी थिइन् । ‘यस क्षेत्रमा धेरै काम गर्न बाँकी कुराहरू छन् । सहकारीको क्षेत्रमा अनियमितता देखिएका छन् । त्यसलाई व्यवस्थित गर्नुपर्ने चुनौती छ । जलवायु परिवर्तनको क्षेत्रमा पनि धेरै काम गर्न बाँकी छ । कृषि क्षेत्र मेरो रुची भएको म आफैँ किसानको छोरी भएको नाताले यसमा काम गर्ने रुची छ, सांसद राणाले भनिन् ।

यस्तै आफूले कृषि तथा वातावरण सम्बन्धी विभिन्न संस्थामा काम गरेका आधारमा एक विज्ञको रूपमा पनि सभापतिका लागि योग्य रहेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस