कर्मचारीले अतिक्रमण गरेको जग्गा खाली गर्न बाँके प्रशासनको आग्रह  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्मचारीले अतिक्रमण गरेको जग्गा खाली गर्न बाँके प्रशासनको आग्रह 


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । कर्मचारीले जग्गा अतिक्रमण गरी संरचना निर्माण गरेको भन्दै तत्काल संरचना खाली गर्न अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले कोहलपुर नगरपालिका-११ स्थित नगर विकासको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरेको पाइएपछि कर्मचारीहरूलाई तत्काल संरचना हटाउन भनेको हो ।  

क्रिकेट मैदान आसपासको नगर विकासको अतिक्रमित जग्गामा वहालवाला राष्ट्रसेवक कर्मचारी र तिनका परिवारसमेत बसेको सुन्नमा आएकाले त्यस्ता कर्मचारीलाई तुरुन्त खाली गर्न आग्रह गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर के.सी.ले प्रशासनलाई बताए । 

उनले भने, ‘कोहलपुर नगरपालिकाबाट विकासको अतिक्रमित जग्गामा वहालवाला राष्ट्रसेवक कर्मचारी पनि बसेका छन् भन्ने पत्र आयो र यदि त्यसो हो, भने कर्मचारीको हकमा तत्काल हटाउनु भनेर पत्र पठाएका छौ ।’ 

अतिक्रमित जग्गामा बनाइएका संरचना खाली नगरे प्रचलित कानुनअनुसार कारबाहीको चेतावनीसमेत दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस