माओवादीले तय गर्‍यो संसदीय समितिका सभापतिको लागी उम्मेदवार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादीले तय गर्‍यो संसदीय समितिका सभापतिको लागी उम्मेदवार


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले संसदीय समितिको सभापतिको उम्मेदवार टुङ्ग्याएको छ ।

एक नेताका अनुसार माओवादीबाट पूर्वाधार विकास समिति सभापतिका लागि माधव सापकोटा र कानुन, न्याय तथा मानवअधिकार समितिमा विमला सुवेदीलाई उम्मेदवार बनाइने छ ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सापकोटा र समानुपातिक सांसद विमलालाई उम्मेदवार बनाउने निर्णय भएको उनले बताए ।

प्रतिनिधि सभाका १० विषयगत समिति सभापतिका लागि आज उम्मेदवारी मनोनयन हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस