ओलीले भने-‘एमालेको ध्यान सत्तातिर छैन’  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

ओलीले भने-‘एमालेको ध्यान सत्तातिर छैन’ 


८ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्तातिर ध्यान नदिएको बताएका छन् । आज शुक्रवार विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

देशको इज्जतका लागि, देशको अर्थतन्त्रको उन्नतिका लागि आफ्नो पार्टीले सुन तस्करी प्रकरण नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनका लागि पहल गरेकाले यसलाई सत्तातिर जोडेर हेर्न नहुने उनको भनाई छ । एमालेले देशमा विद्यमान भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासमा जोड दिएको उनको भनाइ थियो ।

उनले भने, ‘लाई रोक्नैपर्छ । देशका लागि, देशको इज्जतका लागि, सबैभन्दा ठूलो कुरा अर्थतन्त्रका लागि, आर्थिक उन्नतिमा यसले ठूलो बाधा पुर्‍याउँछ । यदि यो कुरालाई तपाईँहरूले सरकारसँग जोडेको हो भने अहिले हाम्रो सरकारतिर ध्यान छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस