पर्यटन मन्त्रालयको खर्च ४८.८२ प्रतिशत मात्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पर्यटन मन्त्रालयको खर्च ४८.८२ प्रतिशत मात्र


८ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक वर्षको अवधिमा ४८.८२ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । मन्त्रालय र मातहतका निकायले आर्थिक वर्ष २०७९/८० मा १८ अर्ब ९८ करोड २० लाख रुपैयाँ बराबरको बजेट पाएका थिए ।

तर, आवको अन्त्यसम्म मात्र ९ अर्ब २६ करोड ६८ लाख रुपैयाँ मात्र खर्च हुन सकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत खर्च गर्ने गरी वित्तीय व्यवस्थामा सबैभन्दा धेरै १२ अर्ब ५ करोड ५३ लाख रुपैयाँ विनियोजन भएको थियो ।

तर, खर्च भने मात्र ४ अर्ब २७ करोड ९६ लाख रुपैयाँको मात्र भएको छ । चालु तर्फ ३ अर्ब ११ करोड ५९ लाख रुपैयाँ विनियोजन भएकोमा २ अर्ब ९३ करोड ६० लाख रुपैयाँ खर्च भएको छ । यो ९४.२३ प्रतिशत खर्च हो ।

पुँजीगत खर्च भने ३ अर्ब ८१ करोड ८ लाख विनियोजन भएकोमा खर्च २ खर्ब ५ करोड ११ लाख रुपैयाँ भएको छ । पुँजीगत खर्च ५३.८२ प्रतिशत मात्र भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस