एसएसपी भूपेन्द्र खत्रीले सम्हाले काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एसएसपी भूपेन्द्र खत्रीले सम्हाले काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी 


८ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीका एसएसपी भूपेन्द्र खत्रीले काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । खत्रीले शुक्रबार टेकुस्थित काठमाडौँ प्रहरी परिसर पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

केही दिनअघि गृह मन्त्रालयले खत्रीलाई काठमाडौँ प्रहरीको कमान्ड जिम्मा लगाउने निर्णय गरेको थियो । नेपाली काँग्रेसका तत्कालीन सांसद मोहम्मद अफताव आलमलाई हतकडी लगाएका खत्री निडर र व्यावसायिक प्रहरी अधिकृतका रूपमा परिचित छन् ।

२०५६ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका उनी आफ्नो ब्याचबाट एसएसपी बढुवा हुँदा दोस्रो नम्बरमा रहेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस