मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल 


८ भाद्र २०८०, शुक्रबार


काठमाडौँ ।  चार देश सम्मिलित महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल र मलेसियाबीचको खेल सुरु हुँदैछ। 

बायोमास ओभलमा मलेसियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो। 

 सिरिजको दुई खेल जितेको नेपाल ४ अंक सहित फाइनल नजिक पुगेको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो भने बुधबार भएको दोस्रो खेलमा कुवेतलाई हराएको हो । आजको खेलमा जित निकालेमा शीर्ष स्थानमा रहेर नेपाल फाइनल प्रवेश गर्नेछ ।

मलेसिया पनि नेपाललाई पराजित गरेर फाइनल प्रवेश गर्न चाहन्छ । यदि नेपाल शीर्ष दुईमा रहेमा शनिबार फाइनल खेल्नेछ ।

पुछारमा रहने दुई टोलीले पनि तेस्रो र चौथो स्थानको लागि शनिबार नै खेल्नेछन् । नेपालले सोमबारमा थाईल्यान्डसँग अभ्यास खेल खेल्नेछ ।

नेपालले एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा ९भदौ १४ देखि भदौ २३ सम्म ० मा मलेसियामा नै खेल्नेछ ।

प्रतियोगितामा एघार टोलीको सहभागिता रहनेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी–ट्वान्टी विश्वकप छनोट खेल्न पाउनेछन् ।

नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसियातथा दोस्रो खेलमा १ सेप्टेम्बरमा बहराइनसँग खेल्नेछ ।

३ सेप्टेम्बरमा भुटानसँग तेस्रो खेल खेल्ने नेपालले ४ सेप्टेम्बरमा कतारसँग चौथो खेल खेल्नेछ । नेपालले समूह चरणको पाँचौं तथा अन्तिम खेलमा ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस