२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाबु पुस्ताले लडेर ल्याएको व्यवस्था उनीहरूकै छोराछोरीले दुरुपयोग गरे : रवि लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले सुन प्रकरणमा गठन गरिने आयोग र सरकारी निकायबाट छानबिन निष्पक्ष हुनेमा शङ्का रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै विगतमा आयोगहरूले गरेको छानबिन कारबाही नभएको भन्दै लामिछानेले सुशासनको विषय शक्तिशालीसम्म नपुग्दासम्म मात्रै हुनसक्ने बताएका हुन् ।

‘विगतमा छानबिन समितिको राम्रो उदाहरण छैन । यसपटक त्यस्तो नहोस् । समाजले राम्रोसँग बुझेको छ । तर शङ्काको सुविधा दिनुपर्ने हुन्छ । धितोपत्र बोर्डको विषयमा भएको अनुसन्धान बाहेक कारबाही भएको थाहा छैन, ’लामिछानेले भने, ‘यो अनुसन्धान नवयुवराजहरुमा आयो भने रोकिने त होइन ? ललिता निवास जग्गा प्रकरण जस्तो, भुटानी शरणार्थी प्रकरण र सुन प्रकरणमा जस्तो अड्किने त होइन ?’ लामिछानेले भनेका छन् ।

सुन तस्करी प्रकरणमा मुछिएका नेताका छोराहरूलाई सोधपुछ नगरिएको विषयतर्फ लक्षित गर्दै सांसद लामिछानेले यस्तो कटाक्ष गरेका थिए ।

यस क्रममा उनले सुशासन कायम गर्नुपर्ने निकायलाई निकम्मा बनाइएको भन्दै गुनासो पनि गरे । ‘सुशासनको कुरा गर्दा हामीले राज्यका निकायहरूलाई कसरी निकम्मा बनाएका छौँ । गौंडागौंडमा आफ्नो मानिस भर्ना गरेका छौँ, ’लामिछानेले भने ।

यस्तै सांसद लामिछानेले बाबु पुस्ताले लडेर ल्याएको व्यवस्था उनीहरूकै छोराछोरीले दुरुपयोग गरेको भन्दै चिन्ता व्यक्त गरेका थिए । ‘बुबा पुस्ताले लडेर ल्याएको व्यवस्थामा नवयुवराजहरुले के गरिरहेका छन् हामीले देखेका छौँ । फेरि नवयुवराजहरुमा अनुसन्धान पुग्दा प्रभावित नहोस् । बुबा पुस्ताले गरेको त्यो त्याग र बलिदानमा छोराछोरीहरुले गरेको यो नाच सर्वत्र देखिएको छ । निन्दनीय छ, ’उनले भने ।